Madhes Khabar
राष्ट्रिय

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट आयो उद्धार टोली

काठमाडौं,५साउन:नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिराेमा परी त्रिशूली नदीमा खसेको बस र यात्रुहरुको खोजीका लागि आजबाट भारतीय उद्धार टोली खटिएको छ।

उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएकाे हाे।

उनीहरू गएराति साढे १२ बजे नेपालका लागि प्रस्थान गरेको र शनिबारदेखि सिमलतालमा बेपत्ता बस र यात्रुको खोजीमा खटिएकाे गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए।

गत असार २८ गते सिमलतालमा खसेकाे पहिराेमा परी त्रिशूलीमा खसेको दुइटा बस अझै फेला परेको छैन।

दुई बसमा सवार ६५ यात्रुमध्ये तीन जना हामफालेर जोगिएका थिए। नदीमा बेपत्ता ६२ मध्ये अहिलेसम्म २५ यात्रुको शव भेटिएको छ। ३७ जना अझै बेपत्ता छन्।

Related posts

स्थानीय चुनावमा कुन दलले कति मत पाए

MadhesKhabar

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई पुरयाइयो सिआइबीमा

MadhesKhabar

हेटौंडा भएर काठमाडौं जाने सडकमा ४ दिनका लागि राती आउजाउ गर्न रोक

MadhesKhabar

Leave a Comment