Madhes Khabar
राष्ट्रिय

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट आयो उद्धार टोली

काठमाडौं,५साउन:नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिराेमा परी त्रिशूली नदीमा खसेको बस र यात्रुहरुको खोजीका लागि आजबाट भारतीय उद्धार टोली खटिएको छ।

उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएकाे हाे।

उनीहरू गएराति साढे १२ बजे नेपालका लागि प्रस्थान गरेको र शनिबारदेखि सिमलतालमा बेपत्ता बस र यात्रुको खोजीमा खटिएकाे गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए।

गत असार २८ गते सिमलतालमा खसेकाे पहिराेमा परी त्रिशूलीमा खसेको दुइटा बस अझै फेला परेको छैन।

दुई बसमा सवार ६५ यात्रुमध्ये तीन जना हामफालेर जोगिएका थिए। नदीमा बेपत्ता ६२ मध्ये अहिलेसम्म २५ यात्रुको शव भेटिएको छ। ३७ जना अझै बेपत्ता छन्।

Related posts

विजय सरावगीको चुनावी प्रचार–प्रसार थप तिब्र – घरदैलो संगै रोड शो पनि

MadhesKhabar

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

MadhesKhabar

मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न कानुन निर्माण गर्ने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment