Madhes Khabar
राष्ट्रिय हेडलाइन

सिर्सिया नदी संरक्षणको लागि काठमाडौंमा जारी आन्दोलनमा सांसद चौरसियाको समर्थन

वीरगन्ज, १५ जेष्ठ : नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य (सांसद) अजय चौरासियाले वीरगन्जको सिर्सिया नदीलाई प्रदुषण र अतिक्रमणमुक्त बनाउन माग गर्दै काठमाडौंमा जारी आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

सिर्सिया नदीलाई प्रदुषण र अतिक्रमणमुक्त बनाउनका लागि सरकारलाई दबाब दिन काठमाडौंको माइतीघर मण्डलमा चुरे तथा वनजंगल संरक्षण अभियानले आइतबारदेखि सुरु गरेको धर्नामा सहभागी हुदैं सांसद चौरसियाले ऐक्यबद्धता जनाएका हुन् ।

सिर्सिया नदीलाई प्रदुषण र अतिक्रमणमुक्त बनाउनका लागि सरकारलाई दबाब दिन जेष्ठ ४ गतेदेखि वीरगन्जबाट पैदल हिडेर ११ औं दिनमा आइतबार काठमाडौं पुगेर धर्ना दिएका अभियन्ताहरुलाई धर्नास्थलमै भेटेर सांसद चौरसियालले सिर्सिया नदीको संरक्षणका लागि सदनमा आफुले सशक्त ढंगले आवाज उठाउने आश्वासन दिए । साथै यस विषयमा सरकारसँग पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

Related posts

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल थाल्न संसदीय समितिको निर्देशन

MadhesKhabar

वीरगन्जका नीजी विधालयको शुल्क निर्धारणका लागि महानगरद्धारा काम शुरु

MadhesKhabar

बारा: कांग्रेस सभापतिको ह्वीप लत्याउँदै अधिकांश महाधिवेशन प्रतिनिधिहरु काठमाडौं प्रस्थान

MadhesKhabar

Leave a Comment