Madhes Khabar
राजनीति हेडलाइन

बारा: कांग्रेस सभापतिको ह्वीप लत्याउँदै अधिकांश महाधिवेशन प्रतिनिधिहरु काठमाडौं प्रस्थान

बारा,२६पुसःकाठमाडौंमा आइतबारदेखि सुरु हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागिता जनाउन बारा जिल्लाबाट हासम्म ६० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधि काठमाडौं प्रस्थान गरेका छन्।

बारामा कांग्रेसका कूल महाधिवेशन प्रतिनिधि १०४ जना रहेकोमा तीमध्ये ७० प्रतिशत भन्दा बढी विशेष महाधिवेशनको पक्षमा खुलेर अगाडि आइसकेका छन् ।

केहि महाधिवेशन प्रतिनिधिहरु यसअघि नै काठमाडौं पुगिसकेकोमा शनिबार भने जिल्ला सचिव राजेश रौनियारको अगुवाईमा महाधिवेशन प्रतिनिधिहरु बाराको कलैयामा भेला भई काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।

यसअघि शुक्रबार कांग्रेस जिल्ला सभापति राजेश राय यादवले विशेष महाधिवेशनमा सहभागी नहुन भन्दै विज्ञप्ति जारी गरेर ह्वीप लगाएका छन्ए । त्यस बाहेक विशेष महाधिवेशनको पक्षमा रहेका महाधिवेशन प्रतिनिधिहरुलाई विभिन्न माध्यमबाट दबाब दिएर रोक्नपनि उनि सकृय छन् ।

तर जिल्ला सभापपति यादवको ह्वीप र दबाबलाई समेत अस्वीकार गर्दै नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको पक्षमा रहेका जिल्लाका अधिकांश महाधिवेशन प्रतिनिधिहरु काठमाडौं हिडेको जिल्ला सचिव रौनियारले जानकारी दिए ।विशेष महाधिवेशनको पक्षमा अझै महाधिवेशन प्रतिनिधिहरु थपिने र उनिहरुपनि आइतबार बिहानसम्म काठमाडौं पुग्ने दाबी उनले गरे ।

Related posts

नयाँ सरकारमा बाराबाट एमाले सांसद ज्वाला साह कृषि मन्त्री

MadhesKhabar

सबैको साथले मात्रै वीरगन्ज व्यवस्थित बनाउन सकिन्छ : मेयर सिंह

MadhesKhabar

मितेरी पुलमा ट्रकको ठक्करबाट एक भारतीयको मृत्यु

MadhesKhabar

Leave a Comment