Madhes Khabar
राष्ट्रिय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल थाल्न संसदीय समितिको निर्देशन

काठमाडौं,२५पुसःबाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काम तत्काल अघि बढाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले यस्तो निर्देशन दिएको हो ।

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल गरेपछि संसदीय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक रहेको निष्कर्ष निकालेको छ ।संसदीय समितिको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने ।’

संसदीय समितिले वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन पनि निर्देश गरेको छ ।व्यावसायिक योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समितिमा पेस गर्न भनिएको पनि छ ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबीच सम्झौता, समन्वय एवं पहलकदमी लिन पनि समितिले निर्देशन दिएको छ ।पर्यटन मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी समितिलाई जानकारी गराउन पनि भनिएको छ ।

 

Related posts

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

MadhesKhabar

३२ ठाउँमा घरजग्गा भएकाे भनिएका वन निर्देशकलाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सफाइ

MadhesKhabar

सरकारी जडीबुटी उत्पादन कम्पनीलाइ समस्या रहित बनाउछु : वन मन्त्री यादव

MadhesKhabar

Leave a Comment