
मधेसखबर
वीरगन्ज ,०५,जेठः पर्साको बहुदरमाइ नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।
बिहीबार दिउसो सम्पन्न समतगणनाको अन्तिम परिणाम अनुसार , मेयरमा तेली ६००४ मतका साथ निर्वाचित भएका हुन् ।
तेली , निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार शीव पटेललाइ ३४६ मतले पराजित गर्दै मेयरमा विजयी भएका हुन् । पटेलले ५६५८ मत पाएका हुन् । निवर्तमान मेयर एंव काँग्रेसका उम्मेदवार नितेन्द्र साह भने तेश्रो स्थानमा रहे । उनले ५५१६ मत मात्रै पाए ।
मेयरमा नवनिर्वाचित तेली , २०७४ सालको निर्वाचनमा भने स्वतन्त्र लडेर २०६३ मतका साथ चौथो स्थानमा सिमित भएका थिए ।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुष्मा कुमारी कुशवाहा विजयी भएकी छन् । कुशवाहा ६४४० मतका साथ उपमेयरमा निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी काँग्रेसकी सोनामति देवी यादवले ५५२५ मत पाएकी छन् ।

