
माधुरी महत्तो
वीरगन्ज, १५ बैशाख : बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक विदा हुने भएको छ ।
बैशाख ३० गते शुक्रवार स्थानीय तह निर्वाचनको मतदान परेकाले निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि सरकारलाई अनुरोध गरिसकेको छ ।
चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतवार पनि बिदा नै हुनेछ ।
यस्तै, जेठ २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।
यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न बैशाख २८ र २९ गते विद्यालयको उपयोग गर्नुपर्ने निर्वाचन आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ ।

