Madhes Khabar
राष्ट्रिय

३० गते देखि लगातार ४ दिन सार्वजनिक विदा

माधुरी महत्तो
वीरगन्ज, १५ बैशाख
: बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक विदा हुने भएको छ ।
बैशाख ३० गते शुक्रवार स्थानीय तह निर्वाचनको मतदान परेकाले निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि सरकारलाई अनुरोध गरिसकेको छ ।
चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतवार पनि बिदा नै हुनेछ ।
यस्तै, जेठ २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।
यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न बैशाख २८ र २९ गते विद्यालयको उपयोग गर्नुपर्ने निर्वाचन आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ ।

Related posts

जन्मसिद्ध नागरिकका सन्तानले अब पाउने भए बंशज नागरिकता

MadhesKhabar

स्थानीय तहका उम्मेदवारले पाए जरिवाना माफी मिनाहा

MadhesKhabar

विरगन्ज कृषि औजार कारखानाको लागि महावीर पुनले राखे मेडल लिलामीमा

MadhesKhabar

Leave a Comment