काठमाडौं,१६साउनः सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को म्याद अब १० वर्षसम्म कायम रहने भएको छ । केहि नेपाल ऐन संशोधनमार्फत सवारी चालक अनुमतिपत्र दिइएको मितिले १० वर्षसम्म कायम हुने व्यवस्था गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधनमार्फत यस्तो व्यवस्था गरिएको छ । यस अघि लाइसेन्सको म्याद ५ वर्षसम्म मात्रै कायम रहने व्यवस्था थियो ।
यस्तै सवारी जाँचपाँचसको प्रमाणपत्रको अवधि नयाँ सवारी दर्ता भएको मितिले पाँच वर्षसम्मका लागि एक पटक र त्यो बाहेकका सवारीको हकमा भने ६ महिनासम्म रहने व्यवस्था गरिएको छ ।


