Madhes Khabar
राष्ट्रिय

नेताको आडमा काम नगर्ने ठेकेदारलाई ठिक पार्छौ : मन्त्री इस्तियाक राइ

 मधेसखबर

वीरगन्ज,२३ साउन ; भौतिक  पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारलाई तह लगाउने चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारहरुले दादागिरी गरेको आरोप लगाए ।

उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी गरिरहेको भन्दै समयमा काम नसक्ने ठेकेदारलाई नछोड्ने टिप्पणी गरे ।

उनले भने ‘को कसको को कसको भन्ने ठेकेदारहरुले विभिन्न नेताहरुको खोल ओडेर बेथिति निम्त्याएका छन् ,हामी त्यसको खोजी गर्दैछौं , विस्तारै ठीक पार्छौं’  ।

Related posts

तिलावे नदिको पक्की पुल बन्यो , बुधबार उद्घाटन

MadhesKhabar

चुनावभर सामाजिक सन्जाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाइ

MadhesKhabar

गृहमन्त्री लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा थप कागजपत्र झिकाउन सर्वोच्चको आदेश

MadhesKhabar

Leave a Comment