Madhes Khabar
राष्ट्रिय

जितपुर सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाइ विरुद्ध विशेष अदालतमा मुद्दा दायर

मधेसखबर
वीरगन्ज,१०असार : बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई सहित दुई वटा सप्लायर्स विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाई विरुद्ध २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

 

सेढाइले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम १ करोड २० लाख २८ हजार ९० रुपैयाँ र पसाहा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम ९९ लाख ९९ हजार ९९९ रुपैयाँ गरी २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तिायरले आरोप पत्रमा उल्लेख गरेको छ ।

यस्तै अख्तिायरले न्यू पाथिभरा सप्लायर्स हेटौंडा–४ मकवानपुरकी सन्चालकर मीना कुमारी श्रेष्ठ विरुद्ध १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ओम सप्लायर्सले ठेक्का सम्झौता अनुरुपको कार्य नगरी गैरकानूनी रुपमा उत्खनन् गरी विक्रीवापतको रकम नुबझाएको भन्दै सप्लायर्सका सन्चालक ओम शंकर प्रसाद विरुद्ध पनि १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ मुद्दा दायर गरेको छ ।

Related posts

कृषि,शिक्षा,स्वास्थ्यका १२ परियोजना अघि बढाउन संघीय मामिला मन्त्रालय र भारतीय दूतावासबीच समझदारी

MadhesKhabar

तारा एयरको जहाज दुर्घटनामा मारिएकाहरुको शव अगाडि सशस्त्र प्रहरीको सेलिब्रेसन

MadhesKhabar

मधेसखबर र रातोपाना अनलाइनमा मन्त्री यादव र मेयर सिंहलाइ सम्मान

MadhesKhabar

Leave a Comment