Madhes Khabar
राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

मधेसखबर

वीरगन्ज,२६जेठ: नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ । यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

अब नयाँ मुल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको आयल निगमले जनाएको छ।

Related posts

१४ वर्ष अघिको मुम्बई हमलाको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

MadhesKhabar

वीरगन्ज भन्सारका कर्मचारी प्रहरीबाटै कुटिए

MadhesKhabar

राष्ट्रिय फाेटाे पत्रकारिता अवार्डबाट जियालाल साह पुरस्कृत

MadhesKhabar

Leave a Comment