Madhes Khabar
राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

मधेसखबर

वीरगन्ज,२६जेठ: नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ । यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

अब नयाँ मुल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको आयल निगमले जनाएको छ।

Related posts

रास्वपा सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

MadhesKhabar

सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दर्ता

MadhesKhabar

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा किन चलाइएन ? भन्दै सर्वोच्चले माग्यो कारण

MadhesKhabar

Leave a Comment