Madhes Khabar
राष्ट्रिय

पहिरोले पुरिएर ५ जनाको मृत्यु , ७ जना अझै बेपत्ता

मधेसखबर
वीरगन्ज ,२५ भदौ : दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर सात जना बेपत्ता भएका छन् ।

नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ बस्ने १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव भेटिएको हो । यस्तै महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पनि शव भेटिएको मगरले जानकारी दिए ।

महाकाली नगरपालिका–१ का धनसिंह कार्की, उनका छोरा दीपक कार्की र दिनेश कार्कीसहित ३ जना भने बेपत्ता छन् । उनीहरुको घर पहिरोले पुरिएको छ ।

महाकाली नगरपालिका–२ मैखोली बस्ने ६३ वर्षीया मानमती शाहु बेपत्ता छिन भने उनका श्रीमान् ६४ वर्षीय हर्कसिंह शाहुलाई घाइते अवस्थामा उद्दार गरिएको छ । पहिरोमा परेर बेपत्ता भएको अन्य तीन जनाको परिचय खुलेको छैन ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा ठूलो क्षति गरेको छ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित

MadhesKhabar

नारायणगढ–मुग्लिन सडक आइतबार देखि बन्द नहुने

MadhesKhabar

६० किलाे सुन प्रकरण: भन्सार अधिकृत र दुई नासु पक्राउ

MadhesKhabar

Leave a Comment