Madhes Khabar
राष्ट्रिय

परवानीपुर गाँउपालिका अध्यक्षमा एमालेका रामक्षेत्री पटेल निर्वाचित

मधेसखबर
वीरगन्ज , ०३ जेठ
:बाराको परवानीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका राम क्षेत्री पटेल विजयी भएका छन् ।
मङगलबार सकिएको मतगणना अनुसार , गाँउपालिका अध्यक्षमा एमालेका पटेल २९१७ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका जगतनारायण महत्तोले भने २४७४ मत मात्रै प्राप्त गरेका छन् ।
यस्तै परवानीपुर गाँउपालिकाको उपाध्यक्षमा पनि एमालेकै सुगान्धी देवी ३२३२ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी लोसपाकी सावित्री देवीले २३८७ मत ल्याएकी छन् ।
पाँच वटा वडा रहेको परवानीपुर गाउँपालिकामा दुई वटा वडा पनि एमालेले जितेको छ ।

Related posts

मन्त्रिपरिषद विस्तार , नवनियुक्त मन्त्रीहरुले लिए थपथ

MadhesKhabar

म रहरले हाेईन,बाध्यताले प्रधानमन्त्री बनेकी हुँ,६ महिनाभन्दा बढी बस्दिनँ : प्रधानमन्त्री कार्की

MadhesKhabar

चुनावका लागि भारतले नेपाललाइ दियो २०० वटा गाडी

MadhesKhabar

Leave a Comment