Madhes Khabar
राष्ट्रिय हेडलाइन

म रहरले हाेईन,बाध्यताले प्रधानमन्त्री बनेकी हुँ,६ महिनाभन्दा बढी बस्दिनँ : प्रधानमन्त्री कार्की

काठमाडौं,२९भदाैं: प्रधानमन्त्री सुशीला कार्कीले आफू ६ महिनाभन्दा बढी नबस्ने बताएकी छन्। आज (आइतबार)पदभार ग्रहणपश्चात सम्बोधन गर्दै उनले आफू परिस्थितिले आएको तर रहरले नआएको दाबी गरिन्।

 

उनले सबैको साथ नभए यो संकटबाट पार पाउन सम्भव नरहेको बताइन्।‘जुन परिस्थितिमा म आएँ, कुनै रहरले म आएको होइन। सडकबाट, जताततैबाट मलाई जिम्मा दिन आवाज उठ्यो मैले पनि विवश हुनुपर्‍यो। मेरो जुन टिम छ र म सत्ताको, पदको रसस्वादन गर्न आएको होइन। मेरो उमेर पनि होइन त्यो। मलाई खोजि गरियो, किन सेवा नगर्ने भनेर आएको हो।’ उनले थपिन्, ६ महिनाभन्दा नबस्ने। कुनै पनि हालतमा ६ महिनाभित्र काम सम्पन्न गर्ने। नयाँ आउने संसद् र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी सुप्पिने हामीले अठोट गरेका छौं। मलाई साथ दिनुपर्छ। सबैको साथ नभए यो संकटबाट पार पाउन सम्भव छैन। सुरक्षा निकायले पनि साथ दिनुपर्छ। मलाई साथ दिनुहोस्।’

उनले आफूलाई चुनौतिपूर्ण परिस्थितिमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने मौका मिलेको उल्लेख गरिन्। उनले एकताको भावना राखेर अगाडि बढ्नुपर्ने धारणा राखिन्।साभार:अन्नपूर्णपाेष्ट

Related posts

काठमाडौं–निजगढ फास्ट ट्रयाक आयोजना प्रमुखलाइ कारबाही गर्न संसदीय समितिको निर्देशन

MadhesKhabar

अफताब आलमलाई सफाई दिने दुवै न्यायधिशलाई वीरगन्जको अदालतमै छिरेर कालोमोसो दलियो, ३ जना पक्राउ

MadhesKhabar

पर्सामा डीएपी मलको चरम अभाव

MadhesKhabar

Leave a Comment