Madhes Khabar
राष्ट्रिय

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई पुरयाइयो सिआइबीमा

काठमाडौं,५चैत: ९ किलो सुन तस्करी प्रकरणमा सोमबार पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं लगिएको छ।

यती एयरलाइन्सको जहाजबाट सोमबार बिहान भैरहवा विमानस्थलबाट महरालाई काठमाडौं लगिएको हो। उनलाई अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाजिम्पाटमा राखिएको छ। प्रहरीले महरालाई सोमबार बिहान कपिलवस्तु क्षेत्रबाट महरालाई पक्राउ गरेको थियो।

भेपमार्फत् गरिएको ९ किलो सुन तस्करी र ब्रेक शुमा राखेर ६० किलो सुन तस्करी गरेको सम्बन्धी बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगले गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अहिले प्रहरी प्रधान कार्यालय हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुगेको हो।सेतोपाटी

 

Related posts

सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

MadhesKhabar

पर्सामा काँग्रेसले जितको पहिलो खाता खोल्यो

MadhesKhabar

ओलीसहित ५ जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment