Madhes Khabar
राष्ट्रिय

पर्सा मालपाेत प्रमुख तिवारी सहित ६ जना विरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

काठमाडौं ,२०माघ: युवा स्पोट्र्स क्लबको जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका प्रमुख कमोद तिवारी, तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, तत्कालीन खरिदार शिवप्रसाद साह तेली, रिन्ता कुमारी र वीरगन्ज ३१ का शेख सफी अहदमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुले स्पोट्र्स क्लबको नाममा रहेको साविकको बेल्वा गाविस ८ मा रहेको १ रोपनी ५ आना जग्गा शेष सफी अहमदको नाममा गराएका थिए । यसका लागि फिल्ड प्रतिवेदन, निर्णयको टिप्पणी समेत पेश गरेर निर्णय गराएका थिए भने आफ्नो गलत निर्णय ढाकछोप गर्न मोठ समेत च्यातिएको अख्तियारको दाबी छ ।साभार:अनलाइनखबर

Related posts

राहदानी विवादमा रवि लामिछानेलाई प्रहरीको ‘क्लीन चिट’

MadhesKhabar

मारवाडीविरुद्ध जथाभावी बाेल्ने दुर्गा प्रसाईंलाई कारबाही गर्न पुर्वमन्त्री शर्माकाे माग

MadhesKhabar

जिल्ला अदालतकाे फैसलाविरुद्ध सन्दीप लामिछाने उच्च अदालत जाने

MadhesKhabar

Leave a Comment