Madhes Khabar
राष्ट्रिय

नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिकाेमा पठाइयाे

वीरगन्ज ,२० भदाैं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसदमा फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर साेमबार प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको नगारिकता विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका हुन्।

प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिका एक अधिकारीका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि सोमबार राष्ट्रपति कार्यालय पठाइएको हो । ‘सभामुखबाट प्रमाणित भएपछि नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको छ । सोमबार साँझ साढे ५ बजे राष्ट्रपति कार्यालयमा विधेयक पठाइएको हो,’ ती अधिकारीले भने ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधना गर्न बनेको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने भन्दै संसद्मा फिर्ता गरेकी थिइन् । राष्ट्रपति भण्डारीले आफूलाई प्राप्त विधेयक १४ दिन अध्ययन गरेर साउन २९ गते संसद्‍मा नै फिर्ता गरेकी थिइन् ।

राष्ट्रपतिबाट फिर्ता आएको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाले जस्ताको तस्तै पारित गरेर साेमबार प्रमाणीकरणका लागि पठाएको हो । संघीय संसद्‍बाट दोस्रोपटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

Related posts

प्रेम आचार्यले उठाएका विषयकाे छानबिन गर्ने मन्त्रीपरिषद्काे निर्णय

MadhesKhabar

प्रचण्ड तेश्राे पटक प्रधानमन्त्रीमा नियुक्त

MadhesKhabar

पर्सा जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भए रास्वपा सभापति रवि लामिछाने

MadhesKhabar

Leave a Comment