Madhes Khabar
राष्ट्रिय

तीन जना वडा सदस्य निर्विरोध निर्वाचित

निर्विरोध चयन भएका वडासदस्य माओवादीकी रत्ना परियार र एमालेकी तीर्थ देवी कामी।

मधेसखबर
वीरगन्ज, १४ बैशाख
:आसन्न स्थानीय तहको निर्वाचनको मतदान हुन भन्दा १६ दिन पहिले नै भोजपुरमा ३ जना वडा सदस्य निर्विरोध चयन भएका छन् ।
नेकपा एमालेबाट २ र नेकपा माओवादी केन्द्रबाट १ जना वडा सदस्य निर्विरोध चयन भएका हुन् ।
हतुवागढी गाउँपालिका वडा नम्बर ३ को दलित महिला सदस्यमा एमालेकी लक्ष्मी विश्वकर्मा, आमचोक गाउँपालिका वडा नम्बर ७ को दलित महिला सदस्यमा माओवादी केन्द्रकी रत्ना परियार र रामप्रसाद राई गाउँपालिका वडा नम्बर ८ को दलित महिला सदस्यमा एमालेकी तिर्थ देवी कामी निर्विरोध निर्वाचित भएका हुन् ।
ती तीन वटै वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि ३ जना निर्विरोध चयन भएका हुन् ।
जनजातिको बाहूल्यता रहेको हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाको वडातहमा दलित समुदायबाट उम्मेदवारी नपरेपछि उनीहरु सर्वसम्मत चयन भएका हुन् । साभार ः अन्नपूर्णपोष्ट

Related posts

दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरीँदै

MadhesKhabar

प्रेम आचार्यले उठाएका विषयकाे छानबिन गर्ने मन्त्रीपरिषद्काे निर्णय

MadhesKhabar

समानुपातिक तर्फकाे अन्तिम सुची निर्वाचन आयाेगले आज सार्वजनिक गर्दै

MadhesKhabar

Leave a Comment