
मधेसखबर
वीरगन्ज, १४ बैशाख :आसन्न स्थानीय तहको निर्वाचनको मतदान हुन भन्दा १६ दिन पहिले नै भोजपुरमा ३ जना वडा सदस्य निर्विरोध चयन भएका छन् ।
नेकपा एमालेबाट २ र नेकपा माओवादी केन्द्रबाट १ जना वडा सदस्य निर्विरोध चयन भएका हुन् ।
हतुवागढी गाउँपालिका वडा नम्बर ३ को दलित महिला सदस्यमा एमालेकी लक्ष्मी विश्वकर्मा, आमचोक गाउँपालिका वडा नम्बर ७ को दलित महिला सदस्यमा माओवादी केन्द्रकी रत्ना परियार र रामप्रसाद राई गाउँपालिका वडा नम्बर ८ को दलित महिला सदस्यमा एमालेकी तिर्थ देवी कामी निर्विरोध निर्वाचित भएका हुन् ।
ती तीन वटै वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि ३ जना निर्विरोध चयन भएका हुन् ।
जनजातिको बाहूल्यता रहेको हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाको वडातहमा दलित समुदायबाट उम्मेदवारी नपरेपछि उनीहरु सर्वसम्मत चयन भएका हुन् । साभार ः अन्नपूर्णपोष्ट

