Madhes Khabar
राष्ट्रिय

प्रधानमन्त्रीसमक्ष रविले बुझाए राजिनामा

काठमाडौं ,१३ माघ :सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।

उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ ।साभार:अनलाइनखबर

Related posts

साउदीमा दुई महिनामा ४३ नेपालीको मृत्यु

MadhesKhabar

भाेलि र पर्सि सार्वजनिक बिदा

MadhesKhabar

नेताको आडमा काम नगर्ने ठेकेदारलाई ठिक पार्छौ : मन्त्री इस्तियाक राइ

MadhesKhabar

Leave a Comment