Madhes Khabar
राष्ट्रिय

भूकम्पले बाजुरा र बझाङमा घरहरू भत्किए

काठमाडौं ,१०माघ : बाजुरामा केन्द्रबिन्दु बनाएर गएको ५. ९ म्याग्निच्युडको भूकम्पले बाजुरा र बझाङमा घरहरु भत्किएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

भूकम्पको धक्काबाट बजाङ र बाजुराममा घरहरु भत्किएका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
प्रहरीका अनुसार बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ९ का हर्क गुरूङ र वडा नम्बर ७ का हरिचन्द उपाध्यायको घर भत्किएको हो।घरहरु भत्किएपनि मानवीय क्षति केही नभएको प्रहरी नायब उपरिक्षक सूर्य थापाले जानकारी दिए।

यस्तै बझाङको पुरानो कृषि ज्ञान केन्द्र तथा अहिलेको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मले प्रयोग गर्दै आएको भवन पनि भुुकम्पको धक्काले भत्किएको प्रहरीले जनाएको छ।

Related posts

सरकार र दुर्गा प्रसाईं समूहबीच सहमति, नेपाल बन्द र आमहड्ताल फिर्ता

MadhesKhabar

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा

MadhesKhabar

नागरिकता विधेयकलाइ अब रोक्न सकिदैन: गृहमन्त्री खाँण

MadhesKhabar

Leave a Comment