Madhes Khabar
राष्ट्रिय

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा

काठमाडौं,१६जेष्ठ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा सिरोहियालाई हाजिर जमानीमा रिहा गरेको हो।

अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको सिरोहियाका वकिल रमन कर्णले बताए।

नागरिकतासम्बन्धी मुद्दामा सिरोहियालाई गत जेठ ८ गते काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले सिरोहियालाई पक्राउ गरी धनुषा पुर्‍याएको थियो।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

नागरिकता माग्दै काठमाडौंमा आजपनि प्रदर्शन

MadhesKhabar

पर्साका पत्रकार त्रिपाठी र खड्कालाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

MadhesKhabar

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

MadhesKhabar

Leave a Comment