Madhes Khabar
राष्ट्रिय

मौन अवधीमा पनि उम्मेदवारका प्रचार सामाग्री हटाइएन

मौन अवधी शुरु भइसेकपनि पर्साका विभिन्न पालिकामा टाँगेर राखिएका उम्मेदवारका झण्डा , चुनाव चिन्ह अंकीत तुल र ब्यानरहरु

मधेस खबर
वीरगन्ज, २९ बैशाख
: शुक्रबार हुने स्थानीय निर्वाचनका लागि मङगलवार राति देखि नै मौन अवधी लागु भइसकेको भएपनि पर्सामा राजनीतिक दल र उम्मेदवारहरुले टोल टोलमा राखेका प्रचार सामाग्रीहरु हटाइएको छैन ।
निर्वाचन आचारसंहिता विपरीत चोक चोकमा टाँगिएका प्रचार प्रसार सामग्रीहरु मौन अवधी शुरु भइसकेपछि निर्वाचन आयोग आफैले भएपनि हटाउनु पर्नेमा अझै पनि ती प्रचार प्रसारका सामाग्रीहरु यथावत नै छन् ।
वीरगन्ज महानगर सहित जिल्लाका १४ वटै पालिकाका हरेक वडाका टोल टोलमा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल र उम्मेदवारहरुले आफनो चुनावी प्रचारका लागि झण्डा , ब्यानर , पोष्टहरु राखेका छन् ।
निर्वाचन आचारसंहिता अनुसार मौन अवधि सुरु भएपछि दलहरुले आफना प्रचार सामग्रीहरु हटाउनुपर्ने र उनिहरुले नहटाए निर्वाचन आयोग आफैले भएपनि ती सामाग्रीहरु हटाउनु पर्ने प्रावधान छ ।

मौन अवधी शुरु भइसेकपनि पर्साका विभिन्न पालिकामा टाँगेर राखिएका उम्मेदवारका झण्डा , चुनाव चिन्ह अंकीत तुल र ब्यानरहरु


चार पाच दिन पहिले निर्वाचन आयोगले वीरगन्जको पावर हाउस चोक देखि आदर्शनगर चोक सम्मको मेन रोडमा रहेका डिभाइडर , विद्युत र टेलीफोनका पोलहरुमा दलहरुले राखेका झण्डा , ब्यानरहरु हटाएको भएपनि महानगरका भित्री टोलहरुमा भने दल र उम्मेदवारहरुको चुनावी प्रचारका सामाग्रीहरु भने हटाइएको छैन ।
यस्तै अन्य १३ वटा पालिकाहरुमा पनि विद्युतका पोल , नीजी घर , सार्वजनिक स्थलहरुमा राखीएका दल र उम्मेदवारहरुको झण्डा र ब्यानरहरु पनि निर्वाचन आयेगले हटाएको छैन ।
यसैगरि इरिक्सा र रिक्साहरुमा पनि दल र उम्मेदवारहरुले आफना चुनावी झण्डा र ब्यानरहरु राखेर प्रचार प्रसार गराइ नै रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले भने जनशक्तिको अभावमा दल र उम्मेदवारहरुका चुनावी प्रचारका सामाग्री हटाउन नसकिएको बताइन् ।

Related posts

नागरिकता विधेयक प्रमाणिकरण नगरे राष्ट्रपतिको राजिनामा : प्रचण्ड

MadhesKhabar

छिपहरमाइको कार्यपालिका निर्वाचनमा पनि काँग्रेस र जसपा विजयी

MadhesKhabar

पहिरोले पुरिएर ५ जनाको मृत्यु , ७ जना अझै बेपत्ता

MadhesKhabar

Leave a Comment