Madhes Khabar
राष्ट्रिय

चीनले कब्जा गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारसंग माग

मधेसखबर
वीरगन्ज,०३ साउन : चीनले कब्जा गरेको नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै राष्ट्रिय एकता अभियानले सरकारलाइ ज्ञापनपत्र बुझाएको छ ।

अभियानका अध्यक्ष विनय यादव नेतृत्वको टोलीले मङगलबार संघीय सरकारकी भूमि व्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठलाई मन्त्रालयमै पुगेर ज्ञापन पत्र बुझाएको हो ।गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाका स्थित नेपाली भूमी अतिक्रमण गरि चीनले एकपक्षिय रुपमा तारबार लगाएको समाचारहरू प्रति पनि राष्ट्रिय एकता अभियानले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

मन्त्री श्रेष्ठलाइ बुझाइएको ज्ञापनपत्रमा ‘अन्तर्राष्ट्रिय कानून र मूल्यमान्यताको उल्लंघन गर्दै नेपाल–चीन सीमाको रुइला लगायतका विभिन्न क्षेत्रमा भैइरहेको नेपाली भूमी अतिक्रमण दुई देश बीचको मित्रताको अपमान मात्र नभई सम्पूर्ण नेपालको सार्वभौमसतामाथि नै ठाडो चुनौती भएको उल्लेख छ ।

अभियानका अध्यक्ष यादवले चीनद्वारा नेपालको भौगोलिक अखण्डतामाथि पटक पटक हुने प्रहारको जति निन्दा गरे पनि कम हुने भन्दै चीनले अतिक्रमण गरेको नेपाली भूमी फिर्ता ल्याउन यथाशिघ्र पहल गर्न माग गरेका छन् ।
हालको सरकार गठन भएको सुरुआती अवस्थामा नै नेपाल–चीन सीमामा हुने अतिक्रमणहरूविरुद्ध चालिएको कदमहरू प्रशंसनीय रहेको यादवले भनेका छन् ।

 

सरकारको सुरूआती कदमहरूले राष्ट्रवादी जनता उत्साहित भएपनि सरकारले गरेका कुटनैतिक प्रयासहरूको वावजुद पनि सीमा अतिक्रमण जारी हुनु दुःखद रहेको अभियानको ज्ञापनपत्रमा उल्लेख छ ।

 

सरकारबाट सिमा रक्षाका लागि गरिएको प्रयासहरूवाट अपेक्षित परिणाम हासिल हुनसक्दा नेपाली जनता पुनः दुखित र अधैर्य भएको अभियानले जनाएको छ ।अहिलेको सरकारका तर्फबाट सीमा अतिक्रमणबारे निर्णायक र कठोर कदम चालिने अपेक्षा राख्दै सरकारका हरेक कदममा अभियानको पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता पनि ज्ञापनपत्र मार्फत अभियानका अध्यक्ष यादवले जनाएका छन् ।

 

Related posts

आलम हत्यामा जन्मकैदको सजाय पाएका एमालेका पूर्वसांसद प्याशी जेलबाट रिहा

MadhesKhabar

मन्त्रिपरिषद विस्तार , नवनियुक्त मन्त्रीहरुले लिए थपथ

MadhesKhabar

नागरिकता माग्दै काठमाडौंमा आजपनि प्रदर्शन

MadhesKhabar

Leave a Comment