Madhes Khabar
राष्ट्रिय

तेलको भाउ बढेको भोलिपल्टै बढ्यो गाडीभाडा

काठमाडौ,३१साउन : मंगलबार इन्धनको मुल्य बढाउने निर्णय गरेको सरकारले बुधबार आजदेखि सार्वजनिक सवारी साधनको भाडापनि बढाएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।

तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र मधेसको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो ।

बढेको भाडादर आजैबाट लागु भएको हो ।यातायात व्यवस्था विभागका अनुसार यो भाडा दुई वा सो भन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागु हुने भएको छ ।

आयल निगमले १ साउनयता पटक पटक गरी डिजेटमा २१ रुपैयाँ प्रतिलिटर मूल्य बढाएपछि स्वचालित प्रणाली अनुसार भाडा बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।आयल निगमले मंगलबारमात्र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो ।साभार : अनलाइनखबर

Related posts

राप्रपा अध्यक्ष लिङदेन भन्छन्– वीरगन्जका जनताले मेयरमा गिरिशलाइ नै जिताउछन्

MadhesKhabar

काठमाडौं–तराई फास्ट ट्रयाक २०८३ सालभित्रै सम्पन्न गर्ने सरकारको घोषणा

MadhesKhabar

जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाउनु पर्छ : ओली

MadhesKhabar

Leave a Comment