Madhes Khabar
राष्ट्रिय

राप्रपा अध्यक्ष लिङदेन भन्छन्– वीरगन्जका जनताले मेयरमा गिरिशलाइ नै जिताउछन्

मधेसखबर
वीरगन्ज, २० बैशाख
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावमा जनताले राम्रोे दल र असल नेता नचुने सम्म देश र जनता दुवैले दुख पाइरहने बताएका छन् ।
वीरगन्जमा मङगलबार राप्रपाले आयोजना गरेको चुनावीसभालाइ सम्बोधन गर्दै उनले भने ,‘ जबसम्म जनताले राम्रो पार्टी र असल नेता चुन्दैनन् तब सम्म देशमा बेरोजगारी, गरिबी र अभावबाट जनताले मुक्ती पाउन सक्दैनन् ।
उनले वीरगमहानगरका मेयरका उम्मेदवारहरु मध्ये सबैभन्दा योग्य मान्छे राप्रपाले गिरीश गिरीलाई बनाएर पठाएको बताए ।
्लिङदेनले भने ,‘ जाउ गिरीश जाउ बाउको सपना पुरा गर, तिमीजस्तो सुयोग्य मान्छे जसले वीरगन्जको बारेमा सँधै चिन्ता लिने मान्छे हौ , तिमिलाइ वीरगन्जवासीको खाली हात पठाउँदैन भनेर हामीले कर गरेर पठाएका हौं, अब असल मान्छेलाइ जिताउने या हराउने जिम्मा तपाइकै हातमा छ र मलाइ विश्वास छ वीरगन्जवासीले असल उम्मेदवार गिरिशलाइ नै जिताउने छन् ।
मत दिने कुरा छोरी दिने भन्दा पनि ठूलो कुरा भएको दोरयाउदै लिङदेनले भने ,‘ तपाईले छोरी दिँदा हजार पटक सोचेर दिनुहुन्छ , तैपनि कहिले काहि लफङगा ज्वाइ परेर दुख पाइन्छ तर तपाईले दिने एउटा मत गलत नेता वा पार्टीमा परेछ भने पुरै समाज र देशले दुःख पाउँछ, आज त्यहि कुरा भईरहेको छ ।
त्यसैले बैशाख ३० मा जनताका लागि सुअवसर आइरहेकाले राम्रा दल र अससल उम्मेदवारलाइ मत दिएर यो अवसर सदुपयोग गर्न उनले आग्रह गरे ।
उनले अहिले नेपालको राजनीतिमा भ्रष्टाचार सामान्य जस्तो भएको टिप्पणी गरे ।
माथिदेखि तलसम्म भ्रष्टाचारले जरा गाडेको भन्दै उनले घुस दिने कुरा चलन जस्तै भइसकेको बताए ।
अहिले सम्म शासनसत्ता काँग्रेस र कम्युनिष्टहरुले चलाएकै कारण मुलुकको दुर्गती भएकाले आसन्न चुनावमा त्यो कुराको ख्याल राखेर मात्र मत दिन उनले आग्रह गरे ।
देशलाई झन असफल राष्ट्र बन्नबाट जोगाउन काँग्रेस, एमाले, माओवादी र मधेसवादीको विकल्प खोज्न जरुरी रहेको र ती सबैको विकल्प राप्रपा नै भएको जिकिर उनले गरे । अब पनि यिनै पार्टीहरुबाट देश बन्छ भनेर यिनीहरुलाई मतदान गर्नु भनेको आफ्नो भावि सन्तती र देशको भविष्य समेत विगार्नु हो भन्दै उनले भने ,‘ तरब जनताले अब त्यस्तो गल्ती गर्दैनन् भन्ने विश्वास छ ।
उनले हरेक पालिकामा एउटा तालिम केन्द्र बनाएर सीपमुलक तालिमको व्यवस्था मिलाउने, सस्तो व्याजदरमा ऋण उपलब्ध बनाउने, कृषकले पाउने अनुदान सिँधै किसानको खातामा पुग्ने बनाउने, सिंचाई, मल बिउ, कृषको उत्पादनको बजार र भण्डारणको व्यवस्था मिलाउने, पूर्वाधार विकासमा नमुना लायक हुने एजेण्डा राप्रपाको रहेको बताए ।
चुनावीसभालाइ राप्रपाका तर्फबाट वीरगन्ज महानगरको मेयरका उम्मेदवार गिरिश गिरी , उपमेयर उम्मेदवार विना जयसवाल लगायतका नेताले पनि सम्बोधन गरेका थिए ।

Related posts

नागरिकता विधेयक पास गर्दा राष्ट्रघात भन्नु पाखण्ड हो : प्रचण्ड

MadhesKhabar

वायु प्रदूषण घटाउन साझा पहल आवश्यक छ : वनमन्त्री यादव

MadhesKhabar

नक्कली शरणार्थी प्रकरण : खाँड र रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

MadhesKhabar

Leave a Comment