काठमाडौं ,१६जेष्ठ : सरकारले नेपाल-भारत जोड्ने वीरगञ्ज-रक्साैल नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ।
मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले रक्सौल-वीरगन्ज नाका धेरै व्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरुको बारेमा छलफल गर्ने बताएका हुन् ।
उनले भने, ‘कनेक्टीभिटीको क्षेत्रमा वीरगन्ज नाका धेरै व्यस्त छ। त्यसकारण हामीलाई नाकाको आवश्यक्ता छ। त्यो नाकाका लागि सम्भाव्य ठाउँहरुको बारेमा भारत सरकारसँग छलफल गरिरहेका छौँ। हाम्रो आवश्यक्ता पनि भनिरहेका छौँ। नेपालगञ्ज, भैरहवा र विराटनगर लगायतका नाकाको बारेमा कुरा गरेका छौँ ।
उनले नेपालगञ्ज (रुपैडिया), भैरहवा (सुनौली) र विराटनगर (जोगवनी) लगायतका अन्य नाकाहरु पनि चलायमान बनाउने बारेमा छलफल भइरहेको बताए । उनले
भ्रमणबाट सकारात्मक उपलब्धि हाँसिल हुने विश्वास रहेको बताए।साभार:अनलाइनखबर

