Madhes Khabar
राष्ट्रिय

संविधान दिवसमा यसपालि विभूषण वितरण नगर्ने सरकारकाे निर्णय

काठमाडौं,२९भदाैं: सरकारले यसपटक संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ ।

शुक्रबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले यसपालि संविधान दिवसकाे अवसरमा कसैलाई पनि विभूषण नदिने निर्णय गरेकाे हाे ।

राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्दै शुक्रबारको मन्त्री परिषदको बैठकले हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Related posts

रक्सौल–वीरगन्ज– काठमाडौ रेल मार्ग प्राथमिकतामा

MadhesKhabar

सुकुम्बासीको नाममा वनको जग्गा अतिक्रमण गर्ने षड्यन्त्र सफल हुँदैन : मन्त्री यादव

MadhesKhabar

काठमाडौंमा डिएसपी हुँ भन्दै मधेसी युवालाई दुर्व्यवहार गर्ने श्रेष्ठ पक्राउ

MadhesKhabar

Leave a Comment