
मधेसखबर
वीरगन्ज,०९ जेठ : वीरगन्ज महानगरका थप दुइ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १३ को वडा अध्यक्षमा नेकपा एमालेका हिरालाल गिरी निर्वाचित भएका हुन् । सोमबार सकिएको उक्त वडाको मतगणना अनुसार , वडा अध्यक्षमा गिरी ,१०२१ मतका साथ निर्वाचित भएका हुन् । उहाका निकटतम प्रतिद्धन्द्धी निवर्तमान वडा अध्यक्ष समेत रहेका जसपाका तुफान फारुक अन्सारीले भने ८८८ मत मात्रै पाए भने काँग्रेसका उम्मेदवार शेष रुस्तमले ५७६ मत मात्रै पाएका छन् ।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा पनि नेकपा एमालेकै सुरेश प्रसाद गुप्ता विजयी भएका छन् । गुप्ता ८६४ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार जवाहरलाल गुप्ताले ८४३ मत पाए । निवर्तमान वडाअध्यक्ष एंव जसपाका उम्मेदवार रामदरश कुशवाहाले भने ६४१ मत पाएका छन् ।

