Madhes Khabar
रोचक दुनियाँ

बाख्रालाई खुवाउन रूखको हाँगा काटेपछि महानगरले तिरायो ५ हजार जरिवाना

तस्बिर : सेतोपाटी

काठमाडौं,२८बैशाखः सडकपेटीमा रहेको रूखको हाँगा काटेर बाख्रालाई खुवाएपछि ललितपुर महानगरपालिकाले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ।

शुक्रबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर २५ भैसेपाटी बस्ने लालबहादुर लामाले आफूले बिक्री गर्न राखेको बाख्रालाई खुवाउन सडकपेटीमा रहेको रूखको हाँगा काटेका थिए ।

हाँगा काटेर बाख्रालाई खुवाएको देखेपछि बाख्राधनी लामालाई पाँच हजार रूपैयाँ जरिवाना तिराइएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।लामाले अबदेखि यस्तो कार्य नगर्ने भनेर हस्ताक्षर समेत गरेका छन्।साभारः सेतोपाटीबाट

 

 

Related posts

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना भएका युवककाे पेटभित्रबाट निकालियाे सीसाकाे बाेत्तल

MadhesKhabar

देशभर जसको चर्चा छ लौरो चुनाव चिन्ह – ७३ लाख रुपैयाको लौरो विदेशबाट आयात

MadhesKhabar

Leave a Comment