Madhes Khabar
रोचक दुनियाँ

बाख्रालाई खुवाउन रूखको हाँगा काटेपछि महानगरले तिरायो ५ हजार जरिवाना

तस्बिर : सेतोपाटी

काठमाडौं,२८बैशाखः सडकपेटीमा रहेको रूखको हाँगा काटेर बाख्रालाई खुवाएपछि ललितपुर महानगरपालिकाले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ।

शुक्रबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर २५ भैसेपाटी बस्ने लालबहादुर लामाले आफूले बिक्री गर्न राखेको बाख्रालाई खुवाउन सडकपेटीमा रहेको रूखको हाँगा काटेका थिए ।

हाँगा काटेर बाख्रालाई खुवाएको देखेपछि बाख्राधनी लामालाई पाँच हजार रूपैयाँ जरिवाना तिराइएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।लामाले अबदेखि यस्तो कार्य नगर्ने भनेर हस्ताक्षर समेत गरेका छन्।साभारः सेतोपाटीबाट

 

 

Related posts

पानी पार्न पञ्चे बाजासहित जन्ती निकालेर गराइयाे भ्यागुताको बिहे

MadhesKhabar

वीरगन्जको अदालतमा भयाे अचम्मको घटना :न्यायाधीशकाे टेबलमा सिन्दुर र मुकुट राखेर महिला भइन् फरार

MadhesKhabar

गरिब परिवारका भाग्यमानी दुई साथी, जसले भेट्टाए ८० लाख बढीको हीरा

MadhesKhabar

Leave a Comment