Madhes Khabar
रोचक दुनियाँ हेडलाइन

वीरगन्जको अदालतमा भयाे अचम्मको घटना :न्यायाधीशकाे टेबलमा सिन्दुर र मुकुट राखेर महिला भइन् फरार

वीरगन्ज,१०चैत:वीरगन्जमा रहेकाे उच्च अदालत जनकपुर अस्थायी इजलासका न्यायाधीशकै कक्षमा आज(बुधबार)एउटा अचम्मको घटना घट्यो । १ नंबर इजलास बस्नु अघि नै एक अपरिचित महिला इजलासभित्र छिर्न सफल भइन् , न्यायाधिशको टेबलमा सिन्दुर र मुकुट राखेर गइन् । उनको त्यो हर्कतले इजलासको सेवा प्रभावित भयो । सुरक्षाकर्मीकै सामुन्नेबाट अदालत भित्र पसेर बाहिर निस्केकी उनको खोजी प्रहरीले गरिरहेको छ ।

उच्च अदालत अदालतका सूचना अधिकारी सम्मी कपुर साहका अनुसार अदालतका न्यायधिशहरु र कर्मचारीहरु पेशी तोक्नका लागि गोला प्रथा गर्ने कार्यमा व्यस्त रहेको समयमा उक्त घटना भएको हाे ।

‘ माननीय ज्यूहरु गोला प्रथा गराउनमा व्यस्त हुनुहुन्थ्यो, हामी कर्मचारी प्राविधिक काममा सघाउँछौं ।’उनले भने, ‘ सिसिटिभी क्यामेरामा हेर्दा बिहान ८:४० बजे तिर नै ती महिला सुरक्षाकर्मीको आँखा छलेर अदालत परिसर भित्र पसेकी थिइन् ।’ घटना पौने ९ बजेतिर भएको अनुमान गरिएको छ ।

न्यायाधीशकाे टेबलमा राखिएको सिन्दुर र मुकुट।

अदालत प्रवेश गर्नुअघि सुरक्षाकर्मीले गेटमै चेकजाँच गर्ने गर्छन।प्रवेश गर्नुको कारण समेत उल्लेख गरेर रजिष्ट्ररमा नाम लेख्नुपर्ने हुन्छ।पछिल्लो समयमा अनावश्यक भिड आउन नदिन प्रवेश पास समेत लिनुपर्ने व्यवस्था गरिएको छ । तर ती अपरिचित महिलाको हर्कतले अदालतको काम कारबाही करिब डेढ घण्टा प्रभावित भयाे।

प्रहरी बोलाएर घटनाबारे अनुसन्धान सुरु गर्न लगाएपछि अदालतको कामकाज सुरु गरिएको सूचना अधिकारी साह बताउँछन् ।

प्रहरीले भने घटनाबारे जानकारी आएपछि ईलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नेतृत्वको टोली पठाएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले न्यायाधीशले प्रहरी पठाइदिनु भनेपछि प्रहरी निरीक्षक नेतृत्वको टोली पठाएर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

‘ एक जना महिला प्रवेश गरेर ती सामान इजलासमा राखेको जस्तो देखिएको छ ।’ लम्सालले भने, ‘ तनाव, उत्तेजना, भडकाउ केहि कारणले घटना घटाएको हुन सक्छ, सिसिटिभी फुटेजको आधारमा उनको खोजी सुरु गरेका छौं ।’

शंकास्पद महिलालाई पक्राउ गरेपछि मात्रै घटनाबारे थप कुरा खुल्ने उनको भनाई छ ।साभार:इसनेसा डटकमबाट

Related posts

सरकारका नीति र याेजनाकाे कार्यान्वयन फितलाे रहेकाे पर्सा र बाराका जनप्रतिनिधिकाे गुनासाे

MadhesKhabar

न्याय माग्दै माईस्थानका स्थानीय अदालतमा

MadhesKhabar

रुपेशलाई गाेली हान्ने भारतीय सुटरहरु बारामा यसअघि भएका हत्याकाण्डमा पनि संलग्न रहेकाे खुलासा

MadhesKhabar

Leave a Comment