Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज भन्सार कार्यालय ४ दिन बन्द हुदाँ नेपाली आयातकर्तालाई समस्या

मधेसखबर
वीरगन्ज, १७ असोज: दशैं पर्वमा यसपटक पहिलाे पटक देशकै मुख्य नाकामा रहेकाे वीरगन्ज भन्सार चार दिनका लागि बन्द भएको छ ।

वीरगन्ज भन्सार कार्यालयले सूचना निकालेर आज साेमबार असोज १७ गते महाअष्टमी दिन देखि २० गते एकादशीसम्म एकीकृत जाँच चौकी (आईसीपी) बन्द रहने बताएको हो ।

अघिल्ला वर्षहरूमा दशैंका बेला केही कर्मचारी खटाएर भए पनि मालसामान जाँचपास हुुँदै आएको थियो ।

तर यसपालिको दशैंमा चार दिनसम्म वीरगन्ज भन्सारबाट मालवस्तुको जाँचपास स्थगित गरिएको छ । इनर्वा नाका स्थित यात्रु शाखाबाट हुने सेवामात्र प्रदान गरिने वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । यात्रु शाखाबाट मानिसको आवागमन र नेपाल भित्रिने भारतीय सवारीलाई प्रवेश अनुमतिलगायतका काममात्र हुने सुचनामा उल्लेख छ।

 

विगतमा वर्षमा दशैमा केही कर्मचारी राखेरै भए पनि मालबस्तुको जाँचपास गर्दै आएकोमा यो वर्ष वीरगन्ज भन्सारले ४ दिनसम्म भन्सार बन्द गरेको र यसबाट आयातकर्तालाई समस्या परेकाे वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।

चार दिनसम्म आईसीपी पूर्ण रुपमा बन्द हुँदा अत्यावश्यक सामग्री, फलफूल र तरकारीजस्ता वस्तुको आयातमा समस्या हुने उनले बताए । आईसीपी बन्द भएपछि भारत र तथा तेस्रो मुलुकबाट मालसामान लिएर आएका ढुवानीका साधन सीमापारि भारतीय क्षेत्रमै बस्नुपर्ने भएको छ । दैनिक ५/ ७ सय ढुवानीका सवारीसाधन आउने वीरगन्ज नाकामा रहेको भन्सार बन्द भएपछि भारततर्फ सडकमा यस्ता साधनको लामो जाम लाग्ने र भन्सार खुलेपछि व्यवस्थापनमा समस्या हुने संघका अध्यक्ष डाकटर सुबाेध कुमार गुप्ताले बताए ।

भन्सारबाट जाँचपास बन्द हुँदा सयौं गाडीमा दैनिक करोडौं रुपैयाँ बिलम्ब जरीवाना लाग्ने पनि गुप्ताको चिन्ता छ । आइतवार फूलपातीको दिनमा समेत भन्सार मध्यान्ह १२ बजेसम्ममात्रै खुलेको थियाे । आइतवार यो नाकाबाट औद्योगिक कच्चा पदार्थ र औषधीजन्य वस्तुमात्रै जाँचपास भएको भन्सारले बताएको छ । साभार: आर्थिक अभियान

Related posts

नारायणी रंगशालालाई उपेक्षा गरेर सरकारले वीरगन्जसंग फेरि विभेद गर्याे: मेयर सिंह

MadhesKhabar

अमेरिकामा बस्ने क्षेत्रीले पर्साको दलितवस्तीका १ सय बढी मुसहर परिवारलाई बाँडे न्यानो लुगाकपडा

MadhesKhabar

पर्साकाे पाेखरियामा २ हजार ६ सयकाे आँखा जाँच गर्दा ५७४ जनामा भेटियाे माेतियाबिन्दु

MadhesKhabar

Leave a Comment