Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

पाेखरियामा कृषि विकास बैंकको एटीएम दुई हप्तादेखि बन्द हुदाँ ग्रामीण भेगका सेवाग्राहीलाई सास्ती

वीरगन्ज ,२३ जेष्ठ: पर्साकाे पोखरिया नगरपालिका वडा नम्बर ४ पाखरिया बजारमा रहेको कृषि बिकास बैंकको एटीएम दुई हप्तादेखि बन्द हुदाँ जिल्लाका ग्रामीण भेगका सेवाग्राहीहरु मर्कामा परेका छन्।

जिल्लाकाे दाेस्राे सदरमुकामका रुपमा परिचित पाेखरिया बजारमा रहेकाे एटीएम सेवा दुई हप्तादेखि बन्द हुदाँ ग्रामीण भेगका सेवाग्राहीहरुलाई सास्ती भएकाे हाे ।

उक्त एटीएमबाट पर्साको ग्रामीण भेगका पोखरिया नगरपालिकाका साथै धाेबिनी, छिपहरमाई , पकाहामैनपुर, जगरनाथपुर र कालिकामाई गाउँपालिकाका सेवाग्राहीले सेवा लिदै आएका थिए । तर दुई हप्तादेखि एटिएम बिग्रिएर सेवा बन्द हुदाँ ग्रामीण भेगका सेवाग्राहीहरु एटिएम सेवा लिन सदरमुकाम वीरगन्ज धाउन बाध्य भएकाे पाेखरियाका सञ्चारकर्मी शैलेश गुप्ताले जानकारी दिए ।

कृषि विकास बैंक पोखरिया उपशाखाका प्रबंधक अनिल कुमार कुशवाहाले भने छिन् छिन् मा विद्युतकाे लाइन कट्ने समस्याले एटीएममा भएको विद्युतीय इन्भटर बिग्रीएका कारण सेवा बन्द भएको बताए ।बिग्रिएकाे इन्भटर मर्मतका लागी विभागमा पठाइएको भन्दै उनले इन्भटर मर्मत भएर आएलगत्तै सेवा सुचारु गरिने बताए ।

Related posts

टिकट नपाएपिछ जसपा केन्द्रीय सदस्य बेगमले पनि दिइन् स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

नेपाल-भारतबिचकाे क्रिकेट खेल हेर्न वीरगन्ज महानगरपालिकामा पनि बिदा

MadhesKhabar

वीरगन्जमा जेनजी शहिदका दाई मुराद आलमको संयोजकत्वमा जेनजी युवा कमिटी गठन

MadhesKhabar

Leave a Comment