Madhes Khabar
अन्तर्राष्ट्रिय

मुस्लिम बहुल कश्मिरमा भाजपाले चुनाव नलड्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

काठमाडौं,३०बैशाख:भारतकाे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले कश्मिरमा चुनाव नलड्ने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले कश्मिरमा लोकसभा चुनावमा उम्मेद्वार नउठाउने निर्णय गरे पनि हिन्दु बहुल जम्मुको दुई सिटमा भने उम्मेदवार उठाउने भएको छ।

भाजपाले तीन सिट रहेको मुस्लिम बहुल कश्मिरमा उम्मेद्वार नउठाउने भएको हो। भाजपाको यो निर्णय त्यहाँ रहेका नागरिकको रिसतर्फ इशारा गर्ने राजनीतिक विश्लेषक र विपक्षी पार्टीका नेताले बताएका छन्।

कश्मिरमा यही मे २० अर्थात जेठ ७ गते चुनाव हुँदैछ । चुनावमा प्रतिस्पर्धा नगर्ने भाजपाको निर्णयलाई राजनीतिक विश्लेषक तथा विपक्षी नेताले सरकारको विगतको कदमका कारण कश्मिरका बासिन्दामा उत्पन्न रिसलाई पार्टीले स्वीकार गरेको अर्थमा लिएका बीबीसी हिन्दीले जनाएको छ ।

सन् १९९६ पछि भाजपा कश्मिरमा चुनाव नलडेको यो पहिलो पटक हो । कश्मिर र भारतीय संघ सरकारबीचको सम्बन्ध दशकौँदेखि तनावपूर्ण छ । भारतीय शासनकाविरुद्ध भएको विद्रोह र त्यसलाई दबाउन गरेको सेना परिचालनका कारण वितेको तीन दशकमा कश्मिरमा हजारौँको ज्यान गएको छ ।

सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अनुच्छेद ३७० खारेज गरेर जम्मु र कश्मिरलाई दुई केन्द्र शासित प्रदेशमा बाँडेपछि अवस्था तनावपूर्ण बनेको हो। भारतीय संविधानको अनुच्छेद ३७० ले जम्मु र कश्मिरलाई स्वायत्तता दिएको थियो।

Related posts

भारतमा नयाँ राष्ट्रपति चयनका लागि मतदान हुदै , द्रौपदी र यशवन्त बिच प्रतिस्पर्धा

MadhesKhabar

पाेर्न स्टारलाई पैसा दिएर मौन बस्न लगाएकाे आराेपमा डाेनाल्ड ट्रम्प पक्राउ

MadhesKhabar

लाेकसभा चुनावअघि राम मन्दिर उद्घाटन गर्ने माेदी सरकारकाे तयारी

MadhesKhabar

Leave a Comment