पंकज कुमार यादव
नेपाली कांग्रेस पार्टीभित्र स्वंगिरिजा प्रसाद कोइराला पार्टी सभापति हुँदा हिजो पार्टीमा संस्थापनबाट पीडित रहेका वर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउवा आज पीडित पक्ष बनेर उभिनुभएको छ। हिजो संस्थापनबाट पीडित देउवा अहिले आफू संस्थापन भएर पीडक बनिरहनुभएको छ । कांग्रेस आफ्नो अमूल्य विचार बोकेका आफ्नो राजनीतिक पुर्खाले आर्जेको मुलुककै ठूलो र पुरानो लोकतान्त्रिक पार्टी हो।
कांग्रेसले आफ्नो आफ्नो आर्दश र सिद्धान्त विपरीत गएर कसैसँग सम्झौता गर्नु जरूरी नै छैन र त्यो गर्नु नि हुँदैन।विगतको चुनावमा विचार नै नमिल्ने पार्टीहरूसँग गठबन्धनको नाममा अपवित्र गठबन्धन गरेर कांग्रेस बिस्तारै नेपाली समाजबाट अस्ताउने बाटोमा उन्मुख छ।पार्टीलाई पुनर्जागृत गरेर इतिहासको सम्मान गर्ने बाटो किन कसैले देखाऊदैन पार्टी सभापति आदरणीय नेता देउवालाई ? पार्टीभित्रका समस्या पहिचान गरौं , गुटबन्दी हटाऔं र मिलेर समाधान खोजाैं भन्ने आँट किन गर्नुहुन्न देउवाले ? पार्टीको नीति महाधिवेशन चलिरहेको छ, नयाँ कार्य दिशासहित अघि बढ़ने प्रण गरेर कांग्रेस नयाँ बाटोमा हिंड्छ भने त्यसले मुलुककै हित गर्छ ।पार्टीभित्रको बलियो संगठन,तल्लो तहदेखि माथिल्लो तहसम्मका कार्यकर्ता, नेता सबैको उत्साह बढाउने बाटोमा हिँड्न पार्टी सभापति देउवा जी लाई के ले र कसले रोकेको छ ?
यतिबेला पार्टी राजनीतिमा पार्टीको नीति महाधिवेशन चलिरहेको अवस्था छ।यसबेला पार्टी राजनीतिमा केन्द्रीय पदाधिकारी समक्ष महासमिति सदस्यहरूले आ-आफ्नो स्वतन्त्रतापुर्वक स्वतन्त्र तर्कशील विचार नर्भिक भएर राख्नुपर्छ। मुलुककै ठूलो र पुरानो लोकतान्त्रिक पार्टीको माटोमा मिल्दै गरेको ईज्जत जोगाउन पनि कसैको दबाव चाहिन्छ र ? यतिबेला पार्टी राजनीतिमा निर्भिक भई स्वतन्त्र विचार राख्ने स्व. नेता प्रदीप गिरि जस्तो तर्कशील र निर्भीक पात्र पाउन मुस्किल छ ।कांग्रेसमा मात्रै नभएर समकालीन सबै राजनीतिक पार्टीमा यस्तै खडेरी छ। स्व. प्रदीप गिरिमा रहेको बेजोड प्रस्तुती क्षमता , दार्शनिक र चिन्तन पक्ष अहिलेको हामी युवा पुस्ताका लागि अनुसन्धानकै विषय बन्नुपर्छ।
यतिबेला मुलुक कठिन मोडमा उभिएको छ । व्यक्तिगत र दलगत स्वार्थको कारणले सिद्धान्त र विचारको राजनीतिले विश्राम नै लिएको आभास हँदैछ। तैपनि, नेतृत्वमा सुधारको गुन्जायस देखिन्न। मुलुकमा अब संविधान संशोधनको आवश्यकता महसूस हुँदै गएकाे र यसले मुलुकलाई नै अप्ठयारो दिशामा लैजाँदै छ।कांग्रेसले त्यसको गन्तव्य पहिल्याएर अरू पार्टीलाई पनि त्यही दिशामा हिडाऊने प्रष्ट दृष्टिकोण बनाएन भने अब हामी बर्बादीको बाटोतिर उन्मुख हुनेछौं । मेरो तमाम बौद्धिक शीर्षथ नेता जगतसंगपनि विन्म् आग्रह छ ” कांग्रेसले कसैको बैशाखीमा होईन आफैं पुनर्जागृत भई आफ्नैबलबुतामा अगाडि बढ्नुपर्छ। गठबन्धन कुनै कोणबाट पनि वैज्ञानिक छैन । झन् चुनाव अघिको गठबन्धन त पार्टी हितका लागि मात्रै होईन , मुलुककै लागि अभिशापसिद्ध हुनेछ ” आखिर त्यही भयो, हुँदैछ।
नेताको स्वार्थमा जे भईरहेको छ यो गलत छ । यसलाई अब सुधारको बाटोमा अघि बढाईएन भने स्व. महामानव वी. पी. बाबु, लौहपुरूष गणेशमान जी, सन्त नेता कृष्ण प्रसाद भट्टराई जी, सुवर्ण शमशेर, गिरिजा प्रसाद , शुशिल कोईराला र प्रखर विद्वान ,स्पष्ट वक्ता चिन्तक एंव सिद्धान्तनिष्ठ नेता प्रदीप गिरिको आत्माले त सराप्ने नै छ। सिङ्गो मुलुकले अस्तित्वका लागि ठूलो जोखिम मोल्नुपर्नेछ । यी तमाम नेतागणहरूको भौतिक अस्तित्वलाई जोगाईरहन पनि कांग्रेसको अस्तित्व जोगाऔं ।कांग्रेसको अस्तित्व जोगिए मुलुकको अस्तित्व पनि जोगिनेछ ।धन्यवाद ,जयनेपाल !
नाेट: लेखक यादव सिरहाकाे गाेलबजार नगरपालिका वडा नम्बर ६ का कांग्रेस वडा सभापति हुन्।