Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतकाे मुम्बईमा हावाहुरीले होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

तस्बिर :एएनआई

काठमाडौं,१जेष्ठ:भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ ।

मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड सोमबार अपराह्न वर्षा र हावाहुरीसँगै खसेको थियो ।

समाचार एजेन्सी एएनआईले घटनामा परी १४ जनाको मृत्यु भएको र ७४ जनालाई जीवितै उद्धार गरिएको जनाएको छ ।

७०x५० मिटर ठूलो होर्डिङ बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो । त्यहाँ हुरीबतास र वर्षाका कारण मानिसहरु ओत लागेका थिए ।

सोमबार साँझ महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले घटनास्थलको निरीक्षण गरेका थिए । उनले मृतकका परिवारलाई तत्काल ५/५ लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।साभार:अनलाइनखबर

Related posts

कर्नाटकमा कांग्रेसको सरकार : सिद्धारमैयाले लिए मुख्यमन्त्रीको शपथ

MadhesKhabar

इराकमा विवादित टिकटक स्टार सवादीको गोली हानी हत्या

MadhesKhabar

वीरगन्जका डाक्टर माधव यादव अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

MadhesKhabar

Leave a Comment