Madhes Khabar
अन्तर्राष्ट्रिय

अमेरिकाले फेरि विदेशी विद्यार्थीलाई भिसा दिने

काठमाडौं,५असारः अमेरिकी विदेश विभागले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने बताएको छ।भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाता पनि जाँच गरिने भनिएको छ। यसका लागि सबै आवेदकलाई सामाजिक सञ्जाल प्रोफाइलको गोपनीयता सेटिङ सार्वजनिक राख्न निर्देशन दिइनेछ।

‘हामी हाम्रो भिसा जाँचमा उपलब्ध सबै जानकारी संयुक्त राज्य अमेरिकामा प्रवेशको लागि योग्य नहुन सक्ने आवेदक र राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने व्यक्ति पहिचान गर्न प्रयोग गर्छौं,’ अमेरिकी विदेश विभागले एक विज्ञप्तिमा भन्यो।नयाँ दिशानिर्देश अन्तर्गत आवेदकको अनलाइन उपस्थिति सहित व्यापक र कडा छानबिन गरिने विदेश विभागले भनेको छ।

अमेरिकी विदेश विभागका अनुसार विदेशमा रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावासले चाँडै नै यी भिसा आवेदनको तालिका पुनः सुरु गर्नेछन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका आफ्ना दूतावासलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्ट रोक्न आदेश दिएका थिए।ट्रम्प प्रशासनले आवेदकको सामाजिक सञ्जाल खाताको गहन अनुसन्धान गर्ने योजनामा काम गरिरहेको बताएको थियो।साभारःअन्नपूर्णपोष्ट

Related posts

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

पटनाको होटलमा आगलागी हुदाँ ६ जनाको मृत्यु, ३८ जना घाइते

MadhesKhabar

भारतकाे महाराष्ट्रमा बसमा आगाे लाग्दा २५ यात्रुकाे मृत्यु

MadhesKhabar

Leave a Comment