Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री माेदीकी आमा हिराबेनकाे निधन

पुस१५ :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उनकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री मोदीले आज शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।

उनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम… । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’

Related posts

टर्की भूकम्प : ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो

MadhesKhabar

भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित

MadhesKhabar

भारतकाे एक केमिकल फैक्ट्रीमा विस्फोट हुदाँ ८ जनाकाे मृत्यु ,६० जना घाइते

MadhesKhabar

Leave a Comment