Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित

सांकेतिक तस्बिर।

काठमाडौ,१४जेठ:भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ।

जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन् भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ जना संक्रमित बेंगलुरुमा रहेका छन्।

महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा कुल ११ जना बिरामीको मृत्यु भएको हाे। जसमध्ये नौ जनाको एक सातामै मृत्यु भएको हो। महाराष्ट्रमा कोरोनाका कारण सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ।

भारतकाे स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो एक सातामा ७ सय ८७ नयाँ बिरामी दर्ता भएका छन्। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का निर्देशक डा. राजीव बहलले हालसम्म देशमा ४ वटा भेरियन्ट फेला परेको बताए।

जयपुरमा सोमबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। ती मध्ये एक रेलवे स्टेशनमा मृत फेला परेका थिए। उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । दोस्रो मृत्यु निजी अस्पतालमा भर्ना भएका २६ वर्षीय युवकको हो। उनी पहिलेदेखि नै क्षयरोगबाट पीडित थिए।

Related posts

सबै धर्म प्रति समान व्यवहार गर्छौ : भाजपा

MadhesKhabar

कर्नाटकमा कांग्रेसको सरकार : सिद्धारमैयाले लिए मुख्यमन्त्रीको शपथ

MadhesKhabar

गर्मीका कारण भारतको उत्तर प्रदेशमा ५१ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment