Madhes Khabar
अन्तर्राष्ट्रिय

कांग्रेस छाडेर हार्दिक पटेल भाजपामा

मधेसखबर

वीरगन्ज,१९जेठ: गत महिना कंग्रेस आई परित्याग गरेका युवा नेता हार्दिक पटेल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने भएका छन् । पटेलले बिहीबार बिहान ट्वीट गर्दै आफू ‘नयाँ अध्याय सुरु गर्न’ लागेको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा ‘सानो सिपाही’ को रूपमा काम गर्ने बताएका छन् ।

२८ वर्षीय पटेलले प्रधानमन्त्री मोदीको प्रशंसासमेत गरेका छन् । ‘म राष्ट्रिय, क्षेत्रीय र सामाजिक हितको भावनाकासाथ नयाँ अध्याय सुरु गर्न लागेको छु । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राष्ट्रिय सेवाको बृहत् कार्यमा म सानो सिपाहीको रूपमा काम गर्नेछु’, उनले भने ।

सन् २०१५ को पटिदार आन्दोलनपछि चर्चामा आएका पटेल सन् २०१९ मा कंग्रेस आईमा प्रवेश गरेका थिए । लगत्तै उनी कंग्रेस गुजरात प्रदेशको कार्यवाहक अध्यक्ष बनेका थिए । उनी भाजपाको खरो आलोचकसमेत थिए । गत महिना उनले कंग्रेस नेतृ सोनिया गान्धीलाई पार्टीबाट राजीनामा दिएको पत्र बुझाएका थिए । 

Related posts

भारतलाई पाकिस्तानको जवाफ:भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौता स्थगित

MadhesKhabar

‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

MadhesKhabar

दिल्लीमा २७ वर्षपछि बिजेपीलाई बुहमत, आपले ४० सिट गुमाउँदा केजरिवाल पनि पराजित

MadhesKhabar

Leave a Comment