Madhes Khabar
अन्तर्राष्ट्रिय

दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

फाइल तस्बिर।

काठमाडौं,२८बैशाखः भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल आम–निर्वाचन सम्मका लागि अन्तरिम जमानतमा छुटेका छन्।

भारतको सर्वोच्च अदालतले शुक्रबार केजरीवाललाई जुन १ तारिखसम्मका लागि जमानतमा छाड्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।न्यायाधीश सञ्जिव खन्ना र दिपान्कर दत्तको इजलासले उक्त आदेश दिएका हुन्।

अदालतले अहिले भारतमा जारी लोक सभा निर्वाचनका लागि उनलाई छाड्न आदेश दिएको हो। यद्यपि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले निर्वाचनका लागि छाड्न नहुने तर्क गरेको थियो। दिल्लीमा मे २५ तारिखमा निर्वाचन हुँदैछ।

सर्वोच्चको आदेश अनुसार चुनाव सकिएलगत्तै जुन २ तारिखमा उनले आत्मसमर्पण गर्नुपर्ने हुन्छ। निर्वाचनको मतगणना र मतपरिणाम आउँदा भने उनी जेलमै हुनेछन्।केजीवाल अहिले जमानतमा छुटेपनि विभिन्न शर्तहरू राखिएका छन्।

केजरीवाललाई मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा इडीले गत मार्च २१ तारिखमा पक्राउ गरी तिहाड जेलमा राखेको थियो ।

भारतमा जारी लोक सभाको चुनाव अगाडि केजरीवाल पक्राउ परेका थिए । सात चरणमा भइरहेको लोक सभाको चुनाव आगामी जुन एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो । जेलमुक्त भए पनि उनलाई कार्यालयमा गएर काम गर्न भने अनुमति दिइएको छैन ।

 

 

Related posts

सार्वजनिक ठाउँमा महिलालाई बुर्का लगाउन तालिबान सरकारद्वारा आदेश

MadhesKhabar

इजरायलमा भएकाे आक्रमणमा ९ नेपाली घाइते, २ काे अवस्था गम्भीर

MadhesKhabar

भारतीय कम्पनीको रुखाखोकीको औषधिबाट ६६ बच्चाको मृत्यु

MadhesKhabar

Leave a Comment