Madhes Khabar
अन्तर्राष्ट्रिय

पाकिस्तानमा साम्प्रदायिक हिंसामा ७५ जनाको मृत्यु

काठमाडौं,८मंसिरःपाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा ३ दिन यता भइरहेको साम्प्रदायिक झडपमा ७५ जनाको मृत्यु भएको छ । शनिबारमात्रै ३२ जनाको मृत्यु भएको हो । शनिबार भएको झडपमा ४७ जना घाइतेपनि भएको पाकिस्तानी सुरक्षा अधिकारीले बताएका छन् ।

पाकिस्तानको त्यहि क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमापनि कम्तीमा ४३ जनाको मृत्यु भएको थियो ।
शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी छ। पछिल्लो रिपोर्टअनुसार १४ सुन्नी र १८ शियासहित ३२ जनाको मृत्यु भएको छ,’ सुरक्षालाई मध्यनजर गर्दै नाम नबताउने शर्तमा एक वरिष्ठ प्रशासनिक अधिकारीले भने।

एक समय अर्ध स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लाका केही सुन्नी स्थानहरूमा शिया मुसलमानहरूले शुक्रबार साँझ आक्रमण गरेका थिए, जहाँ साम्प्रदायिक हिंसाका कारण वर्षौंदेखि सयौंको मृत्यु भएको छ।

कुर्रममा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘स्थानीय समय अनुसार साँझ ७ बजेतिर आक्रोशित शिया समुदायको एक समूहले सुन्नी बहुल बगान बजारमा आक्रमण गरेको थियो।’

‘गोली चलेपछि उनीहरूले पूरै बजारमा पेट्रोल छर्केर आगो लगाइदिए। प्रारम्भिक रिपोर्टअनुसार ३०० भन्दा बढी पसल र १०० भन्दा बढी घर जलेर नष्ट भएका छन्।

स्थानीय सुन्नीहरूले पनि आक्रमणकारीमाथि जवाफी फायरिङ गरेको उनले बताए। शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको सुन्नी बहुल पाकिस्तानमा आदिवासी र पारिवारिक कलह सामान्य छ ।–एजेन्सी

 

Related posts

विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु

MadhesKhabar

सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाउदाँ ९ जनाको मृत्यु

MadhesKhabar

पहलगाममा आक्रमण गर्ने आतंककारीबारे सूचना दिनेलाई २० लाख भारु पुरस्कार

MadhesKhabar

Leave a Comment