Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतकाे एक केमिकल फैक्ट्रीमा विस्फोट हुदाँ ८ जनाकाे मृत्यु ,६० जना घाइते

तस्बिर :एजेन्सी

काठमाडौं,११जेष्ठ :भारतकाे महाराष्ट्रमा एक रासायनिक कारखाना (केमिकल फैक्ट्री)मा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । ठाणे जिल्लाको डोम्बिवलीमा रहेको फ्याक्ट्रीमा विष्फोट हुँदा वरपरका घरमा समेत क्षति पुगेको बीबीसी हिन्दीले जनाएको छ ।

महाराष्ट्र सरकारका अनुसार विष्फोटका कारण भएको आगलागीबाट अरु ३ वटा फ्याक्ट्रीमा पनि नोक्सानी भएको छ । १२ वटा गाडीमा आगलागी भएको छ ।

कामदारहरू फ्याक्ट्रीमा केमिकलसँग सम्बन्धित काम गरिरहँदा आगलागी भएर विष्फोट भएको बताइएको छ । घटनापछि महाराष्ट्र सरकारले मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे थप छानबिन हुने खबरमा उल्लेख छ ।

Related posts

लाेकसभा चुनावअघि राम मन्दिर उद्घाटन गर्ने माेदी सरकारकाे तयारी

MadhesKhabar

भारतमा बन्दै गरेको पुल मत्किँदा १७ जना मजदुरको मृत्यु

MadhesKhabar

माेदी र बिजेपीकाे आलाेचना गर्ने भारतीय पत्रकारहरुकाे निवासमा दिल्ली प्रहरीको छापा

MadhesKhabar

Leave a Comment