Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतकाे एक केमिकल फैक्ट्रीमा विस्फोट हुदाँ ८ जनाकाे मृत्यु ,६० जना घाइते

तस्बिर :एजेन्सी

काठमाडौं,११जेष्ठ :भारतकाे महाराष्ट्रमा एक रासायनिक कारखाना (केमिकल फैक्ट्री)मा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । ठाणे जिल्लाको डोम्बिवलीमा रहेको फ्याक्ट्रीमा विष्फोट हुँदा वरपरका घरमा समेत क्षति पुगेको बीबीसी हिन्दीले जनाएको छ ।

महाराष्ट्र सरकारका अनुसार विष्फोटका कारण भएको आगलागीबाट अरु ३ वटा फ्याक्ट्रीमा पनि नोक्सानी भएको छ । १२ वटा गाडीमा आगलागी भएको छ ।

कामदारहरू फ्याक्ट्रीमा केमिकलसँग सम्बन्धित काम गरिरहँदा आगलागी भएर विष्फोट भएको बताइएको छ । घटनापछि महाराष्ट्र सरकारले मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे थप छानबिन हुने खबरमा उल्लेख छ ।

Related posts

भारतको उत्तराखण्डमा बस दुर्घटना : कम्तिमा २२ जनाको मृत्यु,१५ घाइते

MadhesKhabar

मधेस प्रदेशमा निमावी तहको शिक्षक परिक्षामा १७ प्रतिशत मात्र उत्तीर्ण

MadhesKhabar

हवाई आक्रमणको नेतृत्व गर्ने हमासका कमान्डर मारिएको इजरायलको दाबी

MadhesKhabar

Leave a Comment