Madhes Khabar
अन्तर्राष्ट्रिय

हवाई आक्रमणको नेतृत्व गर्ने हमासका कमान्डर मारिएको इजरायलको दाबी

तस्वीरु : एजेन्सी

काठमाडौं,११कार्तिक : इजरायली सेनाले हमासको हवाई आक्रमणको नेतृत्व गर्ने कमान्डर असिम अबु रकाबा मारिएको दाबी गरेको छ ।

हमासका वायु सेना प्रमुख असिमले गएको अक्टोबर ७ मा आक्रमण गर्नेहरूलाई निर्देशन दिएको इजरायलको दाबी छ । उनकै निर्देशनमा हमासका प्याराग्लाइडरहरू इजरायल पसेका थिए । यी कमान्डर इजरायली सेनाको पोस्टमा ड्रोन आक्रमणमा पनि संलग्न रहेको बताइएको छ ।

इजरायली रक्षा बलले सामाजिक सञ्जालमा लेखेको छ, ‘गएको रातको लडाइँका क्रममा आईडीएफको लडाकु विमानले हमासलाई हवाई आक्रमणको निर्देशन दिने असिम अबु रकाबामाथि आक्रमण गरी मारेको छ ।’ ‘अबु रकाबा हमासको यूएभी, ड्रोन, प्याराग्लाइडर, एरियल डिटेक्शन र रक्षाका लागि जिम्मेवार थिए’, इजरायली रक्षा बलको पोस्टमा भनिएको छ ।

इजरायल र हमासबीच जारी युद्धको तेस्रो हप्ता बितिसकेको छ । हमासले इजरायलमाथि गएको अक्टोबर ७ मा आक्रमण गरेको थियो । यो आक्रमणमा इजरायलका एक हजार चार सय नागरिकको ज्यान गएको थियो । यस्तै इजरायली आक्रमणमा गाजा पट्टीमा अहिलेसम्म सात हजार जनाभन्दा धेरैको ज्यान गइसकेको खबरमा उल्लेख छ ।

Related posts

भारतको मणिपुर राज्यमा जातीय हिंसामा ५४ जनाभन्दा बढीको मृत्यु

MadhesKhabar

मन्दिर जाँदै गरेको गाडी इनारमा खस्दा १२ जनाको मृत्यु

MadhesKhabar

अहमदाबाद विमान दुर्घटनामा मृतकको संख्या २७५ पुग्यो

MadhesKhabar

Leave a Comment