Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतको मणिपुर राज्यमा जातीय हिंसामा ५४ जनाभन्दा बढीको मृत्यु

वीरगन्ज,२४ बैशाख : भारतको पूर्वोत्तर राज्य मणिपुरमा जारी जातीय हिंसामा परी मृत्यु ५४ जनाभन्दा बढीको मृत्यु भएको छ ।
गत बुधबारदेखि सुरु भएको हिंसा प्रशासनले जारी गरेको कर्फ्यु र ‘शुट एट साइट’ आदेशका बाबजुत पनि शनिबारसम्म कम्तिमा ५४ जनाको मृत्यु भएको छ । र, हजारौँको संख्यामा मानिसहरू विस्थापित भएको जनाइएको छ ।

भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेसको आइतबार प्रकाशित समाचारका अनुसार मुख्यमन्त्री एन विरेन सिंहले शनिबार सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा मुख्यमन्त्री सिंहले क्षतिको यकिन विवरण दिन सकेनन् । यद्यपि, एक्सप्रेसले सरकारी अधिकारीहरूको हवाला दिँदै प्रकाशन गरेको समाचारमा मृतकको संख्या बढेको हुनसक्ने जनाएको छ ।

हिंसा सुरु भएपछि शनिबार पहिलोपटक सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका भारतीय कानुनमन्त्री किरेन रिजिजुले झडपमा धेरैको मैत्यु भएको र सम्पत्तिमा क्षति पुगेको स्वीकार गरेका छन् ।

Related posts

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी माेदीबिच भेटवार्ता

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाउदाँ ९ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment