Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतमा पटाका कारखानामा विस्फोट हुदाँ ७ जनाकाे मृत्युु

काठमाडौं ,११भदाैं: भारतको पश्चिम बङ्गालको उत्तर–२४ परगना जिल्लाको दत्तापुकुरमा अवैध पटाका उत्पादन गर्ने एउटा कारखानामा विस्फोट भएको छ ।

विस्फोटमा परेर कम्तिमा ७ जनाको मृत्यु भएको छ ।विस्फोटमा अरु केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् ।

घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ ।

पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना होइन ।

राज्य सरकारले अवैध पटाका उत्पादन रोक्न पर्याप्त कारबाही नगरेको आरोप लाग्दै आएको छ ।

Related posts

बलिउड अभिनेता धर्मेन्द्रको निधन

MadhesKhabar

बस दुर्घटना हुँदा ४५ जनाको मृत्युु

MadhesKhabar

दुर्घटनामा परेको विमानमा सवार कोही पनि जीवित रहेको देखिएन :अहमदाबाद प्रहरी

MadhesKhabar

Leave a Comment