Madhes Khabar
अन्तर्राष्ट्रिय

मन्दिर जाँदै गरेको गाडी इनारमा खस्दा १२ जनाको मृत्यु

काठमाडौं,१६बैशाखःभारतमा यात्रुसहितको एक गाडी इनारामा खस्दा १२ जनाको मृत्यु भएको छ ।मध्य प्रदेशको मन्दसौर क्षेत्रमा उक्त दुर्घटना गत आइतबार भएको हो । यात्रुहरुलाई लिएर मन्दिरतर्फ जाँदै गरेको भ्यानले सुरुमा एउटा मोटरसाइकलसँग ठक्कर दिएको र त्यसपछि चालकले नियन्त्रण गुमाएपछि उक्त भ्यान सडक छेउको इनारमा खसेको थियो ।

उक्त दुर्घटनामा गाडीमा सवार १० जना, उक्त गाडीले ठक्कर दिएका मोटरसाइकल चालक र एक जना स्थानीय गरी १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकका परिवारलाई जनही २ लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

 

Related posts

जम्मुमा वैष्णाेदेवी जाँदै गरेकाे बस दुर्घटना हुदाँ १० जनाकाे मृत्यु

MadhesKhabar

साउदी अरबले ६५ जना नेपालीलाई दियो आममाफी

MadhesKhabar

२४२ यात्रु सवार एयर इन्डियाको जहाज भारतको अहमदाबादमा दुर्घटनाग्रस्त,उद्धारकार्य जारी

MadhesKhabar

Leave a Comment