काठमाडौं,१६बैशाखःभारतमा यात्रुसहितको एक गाडी इनारामा खस्दा १२ जनाको मृत्यु भएको छ ।मध्य प्रदेशको मन्दसौर क्षेत्रमा उक्त दुर्घटना गत आइतबार भएको हो । यात्रुहरुलाई लिएर मन्दिरतर्फ जाँदै गरेको भ्यानले सुरुमा एउटा मोटरसाइकलसँग ठक्कर दिएको र त्यसपछि चालकले नियन्त्रण गुमाएपछि उक्त भ्यान सडक छेउको इनारमा खसेको थियो ।
उक्त दुर्घटनामा गाडीमा सवार १० जना, उक्त गाडीले ठक्कर दिएका मोटरसाइकल चालक र एक जना स्थानीय गरी १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकका परिवारलाई जनही २ लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।