
काठमाडौं, ८ साउन : चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । चिनको उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा एक विद्यालयको जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो ।
उक्त क्षेत्रमा भएको अत्यधिक वर्षापछि जिम हाउसको छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना भने जोगिन सफल भएपनि १५ जना भग्नावशेषमा च्यापिएका थिए । तीमध्ये ११ जनाको मृत्यु भएको र चार जना घाइते भएको बीबीसीले जनाएको छ । मृतकमध्ये धेरैजसो बालबालिका छन् ।
प्रहरीले जिम हाउस सन्चालकलाई पक्राउ परेको छ । साभार : अनलाइनखबर

