Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जसहितका क्षेत्रमा केही दिन अझै गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं,४जेष्ठःकेही दिनदेखि वीरगन्जसहित देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा ‘लु’ समेत चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार वीरगन्जसहित तराई–मधेसमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । ’विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ । तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ,’ बुलेटिनमा भनिएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराई–मधेसका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै विभागले तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक –पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ ।

तातो हावा तथा तातो लहर (लू)बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले लूबाट बच्न विभागले सुझाएको छ ।

Related posts

सिर्सिया नदिकाे प्रदूषण राेक्न भएको छलफलमा उद्योगहरुलाई सिडीओेलेे दिए यस्तो चेतावनी…

MadhesKhabar

बैंकको ब्याजदर घटाइदिन प्रधानमन्त्रीलाई उद्योग मन्त्री रिजालको आग्रह

MadhesKhabar

जापानका राजदूतले वीरगन्जका धार्मिक एंव पर्यटकीयस्थलकाे गरे भ्रमण,मेयर सिंहलाई पनि भेटे

MadhesKhabar

Leave a Comment