Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जसहितका क्षेत्रमा केही दिन अझै गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं,४जेष्ठःकेही दिनदेखि वीरगन्जसहित देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा ‘लु’ समेत चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार वीरगन्जसहित तराई–मधेसमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । ’विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ । तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ,’ बुलेटिनमा भनिएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराई–मधेसका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै विभागले तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक –पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ ।

तातो हावा तथा तातो लहर (लू)बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले लूबाट बच्न विभागले सुझाएको छ ।

Related posts

वीरगन्ज कृषि औजार कारखानाबाट कृषि औजारहरुको व्यावसायिक उत्पादन र बिक्री वितरण सुरु

MadhesKhabar

विपी उद्यानको तरकारी बजार छपकैयाको सार्वजनिक जग्गामा सार्ने तयारी अन्तिम चरणमा

MadhesKhabar

अघाेषित लाेडसेडिङले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरु अस्तव्यस्त

MadhesKhabar

Leave a Comment