वीरगन्ज,१फाल्गुन:भोजपुरी फिल्म ‘एक पेसा परवरिस’ आगामी शुक्रबारदेखी प्रर्दशनमा आउने भएको छ ।
फिल्म निर्माता शिवम् आर फिल्मसले मंगलबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना शुक्रबारदेखि वीरगन्जको त्रिमुर्ती सिनेमा हलमा उक्त फिल्म प्रर्दशनीमा आउने जनाएको हो ।
पत्रकार सम्मेलनमा फिल्मका निर्माता शिव प्रसाद कुर्मीले उक्त फिल्म स्थानीय भोजपुरी भाषा, कला र सस्कृतिंलाई प्रर्वद्धन गर्न सहयोगी हुने विश्वास ब्यक्त गरे ।उनले फिल्ममा एक विश्वप्रसिद्ध गढीमाईको महिमालाई दर्शाइएको जनाए।समाजमा बाझोपन भएका महिलाहरुले भोग्दै आएको कथावस्तुलाई फिल्म मार्फत उजागर गर्ने प्रयास गरिएको उनले बताए ।
सुनिल तिवारीले निर्देशन गरेको फिल्ममा सोम्या पोखरेलको मुख्य अभिनय रहेको छ ।
३२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त फिल्म दुई घण्टा २२ मिनेटको रहेकाे छ। पाँच वटा भोजपुरी गितहरु समेटिएकाे फिल्ममा गीत सुरेश सावरिया र संगीत चन्दनको रहेकाे छ ।गीतमा इन्दु सोनाली, शेख सर्फुद्दीन, गोलु शुक्ला, गीताञ्जलि तिवारीलगायत गायक–गायिकाहरूको स्वर रहेको छ ।
पत्रकार सम्मेलनमा भोजपुरी गायक सुनील पण्डित, जीतु जीतेन्द्र, ओम आर्या, प्रकाश नेपाललगायतका कलाकारहरूकोपनि सहभागिता थियो ।