Madhes Khabar
मनोरञ्जन

मेयर बालेनले काठमाडौंमा भोलिदेखि भारतीय चलचित्र चल्न नदिने

काठमाडौं, ३ असार : काठमाडौं महानगरपालिकाले भारतीय सिनेमा (चलचित्र) को प्रदर्शनमा रोक लगाएको छ।

काठमाडौं महानगरपालिकाका प्रमख बालेन्द्र शाहले भारतीय सिनेमा आदिपुरुषमा समावेश भएको जानकी(सीता) भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन गरेको आग्रह बेवास्ता गरिएकाले काठमाडौं महानगरमा सोमबारदेखि भारतीय सिनेमा प्रदर्शनमा रोक लगाइएको बताए। महानगरले उक्त सन्देश हटाउन तीनदिन अघि आग्रह गरेको थियो।

’काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय सिनेमा प्रदर्शनमा भोलि (सोमबार) देखि निषेध गरिएको उनले बताए।

मेयर बालेन्द्रले भनेका छन्’, ’उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ। उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।’ साभार : अन्नपूर्णपोष्ट

 

Related posts

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

बारा २ : उपेन्द्र यादवलाई जिताउन टाेल टाेलमा गठबन्धनको बुथ कमिटी गठन

MadhesKhabar

भोजपुरी फिल्म ‘एक ऐसा परवरिस’ शुक्रबारदेखि वीरगन्जका सिनेमा हलमा

MadhesKhabar

Leave a Comment