Madhes Khabar
मनोरञ्जन हेडलाइन

भोजपुरी फिल्मका कलाकारको सम्मानमा वीरगन्जमा ‘भोजपुरी सिने अवार्ड’ (फोटोमा होर्नु होस्)

वीरगन्ज,१४पुष : नेपालमै पहिलो पटक आयोजित ‘भोजपुरी सिने अवार्ड’ मा सर्वोत्कृष्ट भोजपुरी नायक (बेस्ट भोजपुरी एक्टर)को अवार्ड प्रदेशी साहले पाएका छन् ।

शुक्रबार बेलुकी वीरगन्जमा आयोजित ‘भोजपुरी सिने अवार्ड’ समारोहमा भोजपुरी चलचित्रका नायक साहलाई उक्त अवार्ड प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नायक साहलाई उक्त अवार्ड प्रदान गरे ।

यस्तै सर्वोत्कृष्ट नायिका अवार्ड सुस्मा अधिकारीलाई प्रदान गरियो भने सर्वोत्कृष्ट नवोदित नायकको अवार्ड जितेन्द्र पटेल र सर्वोत्कृष्ट नवोदित नायिकाको अवार्ड एलिना बास्कोटाले पाइन् । यस्तै सर्वोत्कृष्ट खलनायकको अवार्ड घनश्याम गिरी,सर्वोत्कृष्ट निर्देशकको अवार्ड रमन बस्नेत,सर्वोत्कृष्ट गायकको अवार्ड सुनिल पडित,सर्वोत्कृष्ट निर्माताको अवार्ड सुरेन्द्रलाल प्रधान, सर्वोत्कृष्ट कोरियोग्राफरको अवार्ड राम रिमाल,लाई प्रदान गरियो ।

समारोहमा भोजपुरी सिनेमा क्षेत्रका विभिन्न २५ विधामा सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको थियो ।समारोहमा वीरगन्जका मेयर राजेशमान सिंहसंगै नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा नेपाली सिनेस्टार भुवन केसी, वरिष्ठ अभिनेता नीर शाह, निर्माता तथा निर्देशक छविराज ओझा, निर्देशक उज्वल घिमिरे लगायतले भोजपुरी सिने क्षेत्रका कलाकारहरुलाई अवार्ड प्रदान गरे ।

समारोहलाई सम्बोधन गर्दै वीरगन्जका मेयर राजेशमान सिंहले नेपालमै पहिलोपटक आयोजित ‘भोजपुरी सिने अवार्ड’ समारोहले भोजपुरी चलचित्र र यसमा लागेका कलाकारहरुको मनोबल बढाउनुका साथै भोजपुरी भाषा, कलासंस्कृतिको उत्थानमा टेवा पुरयाउने बताए । उनले आगामी दिनमा पनि ‘भोजपुरी सिने अवार्ड’ लाई निरन्तरता दिनुपर्नेमा जोड दिदैं त्यसका लागि वीरगन्ज महानगरपालिकाकाले सहयोग गर्ने प्रतिबद्धतापनि जनाए ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष एंव नेपाली सिनेस्टार भुवन केसीले चलचित्र विकास बोर्डले भोजपुरी सिनेमा क्षेत्रको उत्थानका लागिपनि काम गर्ने बताए ।

लायन्स क्लब अफ वीरगन्जको स्वर्ण जयन्तीका अवसरमा नमस्ते इन्टरटेन्मेन्ट नेपालसँगको सहकार्यमा लायन्स क्लब अफ वीरगन्जले नेपालमै पहिलो पटक ‘भोजपुरी सिने अवार्ड’ आयोजना गरेको हो ।

सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा काम गर्दै आएको लायन्स क्लब अफ वीरगन्जले नेपालीसंगै भोजपुरी चलचित्र क्षेत्रका कलाकारहरुको सम्मान गरी उनीहरुको अभिनय कलालाई थप प्रोत्साहन गर्नका लागि भोजपुरी सिने अवार्ड आयोजना गरेको लायन्स क्लब अफ वीरगन्ज स्वर्ण जयन्ती समारोहका संयोजक अशोक वैद्यले बताए ।

नमस्ते नेपाल इन्टरटेन्मोन्टका प्रमुख प्रदेशी साहले भोजपुरी भाषाको बाहुल्यता रहेको वीरगन्जमा आयोजित ‘भोजपुरी सिने अवार्ड’ ले भोजपुरी चलचित्र र त्यसमा अभिनय गर्ने कलाकारहरुको पहिचान दिलाउनमा सहयोग पुरयाएको बताए ।

 

Related posts

पर्सामा एमालेलाई ठूलो झट्का , ५४२ नेता कार्यकर्ताले छाडे एमाले

MadhesKhabar

पटेर्वासुगौली गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विधालयमा दिवा खाजा वितरण

MadhesKhabar

वीरगन्जको कृषि औजार कारखाना सञ्चालनमा आर्थिक समस्या, सरकारले गरेन सहयोग

MadhesKhabar

Leave a Comment